- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका पक्षमा अब ५०० जनाको हस्ताक्षर थप हुने बताएका छन्।
विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेअनुसार विधानबमोजिम विशेष महाधिवेशन हुन लागेको बताए।
पहिले हस्ताक्षर गरेको संख्यामा ५०० सय जना महाधिवेशन प्रतिनिधि थप हुने अवस्था आएको महामन्त्री शर्माले बताए । पहिले हस्ताक्षर गरेकामध्ये अहिलेसम्म २४ जनाले हस्ताक्षर फिर्ता लिएको जानकारी दिँदै थपिने संख्या धेरै हुने जानकारी दिए ।
असोज २९ गते २४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएर विशेष महाधिवेशन माग भएको थियो।
कांग्रेसको १४ औं महाधिवेशनमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए।
आगामी आइतबारदेखि कांग्रेशकाे विषेश महाधिवेशन सुरु हुने भएकाे छ ।
टिप्पणीहरू: