- असार ०७, २०८०
काठमाडौं। प्रहरीले आइतबार रसुवामा ठूलो परिमाणमा सुन बरामद गरेको छ। चिनियाँ नाकाबाट नेपाल भित्र्याइएको सो सुन रसुवा प्रहरीले बरामद गरेको हो।
केरुङबाट स्याउ लिएर काठमाडौंतर्फ आइरहेको गाडीमा सुन फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले गोसाइँकुण्ड गाउँपालिका–२ बाट करिब साढे सात किलो पहेँलो धातु बरामद गरिएको बताए ।
‘स्याउको डिब्बा बोकेको गाडीमा तलासी गर्दा पहेँलो धातु फला परेको छ’, उनले भने। प्रहरीले सो गाडीका चालक र गाडीलाई नियन्त्रणमा लिएको छ।
टिप्पणीहरू: