मङ्गलबार, १२ फागुन २०८२

दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते


तुलसीपुर (दाङ)। दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन्।

दाङ घोराही उपमहानगरपालिका–३ चिसापानी मसोट नजिक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ