बुधबार, ०५ कात्तिक २०८२

नक्कली भुटानी शर्णार्थी प्रकरणमा जाेडिएका पाण्डे र झासहित एकैदिन ६२८ कैदीबन्दी जेलमा हाजिर


तस्विर : एआई

काठमाडौँ । गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये आज एकैदिन ६२८ जना कारागार फर्किएका छन् ।

नक्कली भुटानी सरणार्थी प्रकरणमा जाेडिएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र बेचन झासहित ६२८ जना जेलमा हाजिर भएका हुन् ।

कारागार व्यवस्थापन विभागले बिहीबारसम्म सात हजार ७३५ कैदीबन्दी कारागारमा फर्किएका जानकारी दिएको छ । यसअघि बुधबारसम्म सात हजार १०७ जना कैदीबन्दी कारागार फर्किएका विभागले जनाएको छ ।

 विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बुधबार एकैदिन सबैभन्दा धेरै ६२८ जना कैदीबन्दी कारागार फर्किएका जानकारी दिए । उनले अधिकांश बैदीबन्दी आफैँ आइरहेका भन्दै कतिपयलाई पक्राउ गरेर ल्याइएको बताए । 

 गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए । देशभर ३० हजार ६४० कैदीबन्दी थिए । जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते कारागार तोडफोड तथा आगजनी हुँदा कैदीबन्दी मुलुकभरका कारागारबाट बन्दी भागेका थिए । नेपालका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट उनीहरू भागेका थिए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ