शुक्रबार, ०६ असार २०८२

६१ किलो सुन तस्करी प्रकरण: अमला रोका पक्राउ


फाइल तस्बिर

काठमाडौं। सुन तस्करी प्रकरणमा फरार रहेकी रोल्पाकी अमला रोका पक्राउ परेकी छन्।

रोकालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार काठमाडौंकाे टाेखाबाट पक्राउ गरेको हाे।

उनलाई आइतबार अदालत उपस्थित गराइने सीआईबीले जनाएकाे छ।

हङ्कङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा सिआइबीले अनुसन्धान थालेपछि उनी फरार भएकी थिइन्। रोकाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिससमेत जारी गरेको थियाे।

उक्त प्रकरणमा तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङकाे मुख्य संलग्नता रहेकाे खुलेकाे थियाे। साेही प्रकरणमा दावाकी पत्नी अमला पनि जाेडिएकाे सिआइबीले निष्कर्ष निकालेकाे थियाे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ