बुधबार, ०४ असार २०८२

५३ वर्षीया महिलाले मलद्वारमा लुकाएर ल्याइन् एक किलाे सुन


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छिन्। उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। उनले मलद्वारमा लुकाएर सुन ल्याएकाे प्रहरीले जनाएकाे छ।

विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो  

एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ