मङ्गलबार, ०४ कात्तिक २०८२

भारतमा गाडी दुर्घटनामा परी एकै परिवारका तीनसहित ४ नेपालीकाे मृत्यु


काठमाडौँ। भारतमा गाडी दुर्घटनामा परी ४ जना नेपालीको मृत्यु भएको छ दुई जना घाइते भएका छन्।

हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा एकै परिवारका तीनसहित ४ जनाकाे मृत्यु भएकाे हाे।

मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्।

दुर्घटनामा परी नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ