सोमबार, ०२ चैत २०८२

दाङबाट काठमाडौं आउँदै गरेकाे बस दुर्घटना हुँदा ३८ जना घाइते


काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेकाे यात्रुबाहक बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना भएकाे छ ।

उक्त दुर्घटनामा  ३८ जना घाइते भएका छन्। 

अहिले घाइतेहरुकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।  मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङमा ६ जना घाइतेहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजे आफैं अनियन्त्रित भई घुमाउने भन्ने स्थानमा पल्टिएको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ