बुधबार, २० साउन २०८३

म्याग्दीमा भैंसीसहित खाेलाले बगाउदा ३५ वर्षीय पुरुष वेपत्ता


 

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन् । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा उनी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरू गरिए पनि उनको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । आज बिहानैदेखि पुनः खोजी कार्य सुरू गरिएको उनको भनाइ छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ