- असार ०७, २०८०
तस्विर : एआई
काठमाडौं । अमेरिकाको अप्रवासन नीतिविपरीत त्यहाँ बसोबास गर्दै आएका ३५ नेपाली मंगलबार राति काठमाडौं डिपोर्ट भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोमा सोधपुछपछि उनीहरू आ-आफ्नो घर फर्किएका छन् ।
फर्किएका ३५ मध्ये सबै जना ‘डंकी रुट’ प्रयोग गरेर अमेरिका पुगेका थिए । दलाललाई पैसा बुझाएर अमेरिका पुगेर फर्किएकाहरु कसैले पनि कसैकाे विरुद्ध उजुरी नगरेकाे प्रहरीले जनाएकाे छ ।
टिप्पणीहरू: