शुक्रबार, २७ चैत २०८२

एक वर्षमा ३२६ जना मानव अधिकार वादीकामदारको हत्या : राष्ट्रसंघ


संयुक्त राष्ट्रसङ्घीय मानवतावादी मामिला उप–महासचिव टम फ्लेचरले सन् २०२५ मा २१ वटा देशमा कम्तीमा ३२६ जना  मानव अधिकारवादी सहायता कर्मीको हत्या गरिएको पुष्टि गरेका छन् । गत तीन वर्षमा आक्रमणको कारण पीडित हुनेहरुको सङ्ख्या एक हजार भन्दा बढी पुगेको जनाउदै  उनले पछिलो समयमा मानवीय कामदारहरूलाई लक्षित गरी आक्रमणहरु वृद्धि भएको चेतावनी दिएका छन् ।

मानवतावादी कामदार र संयुक्त राष्ट्रका कर्मचारीहरूको सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषदमा भएको साक्षातकारमा फ्लेचरले विगत तीन वर्षमा गाजा र वेस्ट ब्याङ्क क्षेत्रमा ५६० जना भन्दा बढी मृत्यु भएको जनाएको छ । 

अघिल्लो अवधिको तुलनामा विगत तीन वर्षमा मृत्युको सङ्ख्या तीन गुणा बढेको उल्लेख गर्दै उहाँले यो वृद्धि केवल संयोग मात्र नभई सुरक्षा प्रणालीको पतन भएको बताएका छन् । 

उनले मानवतावादी कामदारहरू युद्व प्रभावितहरुलाई खाना, पानी, र औषधि गलायतका अत्यावश्यक सामाग्री वितरण गर्दै गर्दा मारिएको उल्लेख गरेका  छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ