- असार ०७, २०८०
चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा उनको मृत्यु भएको हो । उनी उपचारका लागि बुधबार मात्रै अस्पताल भर्ना भएका थिए ।
टिप्पणीहरू: