बिहिबार, १५ माघ २०८२

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’


तानसेन (पाल्पा) । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ । 

प्रमुख जिल्ला अधिकारी विनु  कुँवरका अनुसार क्षेत्र नं १ मा २०  र क्षेत्र नं २ मा नौ वटा मतदानस्थल संवेदनशील  छन् । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र निर्धारण भएका छन् । 

पाल्पामा दुई लाख सात हजार ४३६ कूल मतदातामध्ये क्षेत्र नं १ मा ९८ हजार ३८३ र क्षेत्र नं २ मा एक लाख नौ हजार ५३ मतदाता छन् । कूल मतदातामा तीन हजार ६५० महिला पुरुषभन्दा बढी छन् । अघिल्लो निर्वाचनमा भन्दा यसपटक छ हजार ११० जना मतदाता थपिएका छन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ