बुधबार, ११ असार २०८२

विश्वभर २६ कराेड एकल महिला


तस्विर : एआई


सयुक्त राष्ट्रसंघको तथ्याङ्ग अनुसार विश्वभर २५ करोड ८० लाखको हाराहारीमा विधवा (एकल) महिलाहरु रहेका छन् । विश्वका विभिन्न मुलुकहरुमा पनि विधवा (एकल) महिलाहरुको सवाल र चुनौतिहरुमा सम्बन्धीत राज्य, संयुक्त राष्ट्रसंघ लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संम्मेलनहरुमा समेत बहस तथा छलफल हुदै आएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरवाट नै विधवा (एकल) महिलाहरूमाथी हुने विभेद र असमानताको अन्त्य हुनु पर्दछ भनिएता पनि लैङ्गिक विभेद, सामाजिक सां‘स्कतिक संरचना, भुगोल र परिवेशका कारणले विश्वभरिकै एकल महिलाहरुले विभेद, हिंसा, दुव्र्यवहार र सम्पति माथिको अधिकार प्राप्तीमा कठिनाई लगायतका अन्य विभिन्न समस्याहरु ऐतिहासिक समय देखीनै भोग्दै आइरहेका छन् ।

प्राचिन समय देखीनै नेपालमा पनि विधवा (एकल) महिलाहरुले सामाजिक विभेद, हिंसा, बहिष्कार तथा अपमानजनक परम्पराहरुको सामना गरेको प्रशस्त उदाहरणहरु छन् । विशेष गरी, एकल महिलाहरुलाई विधवाको रुपमा मात्र हेरिन्थ्यो र उनीहरुलाई विभिन्न अन्धविश्वास तथा प्रतिकुल सांस्कृतिक मान्यताहरुले बाधिएको थियो । समयको विकासक्रम संगसंगै नेपालमा सामाजिक सचेतना अन्तरगत ‘विधवा होईन एकल महिला’को भाष्य प्रयोग गर्नु पर्ने, सार्वजनिक जीवनमा विधवा (एकल) महिलाहरुको सम्मानपुर्ण समावेशिता, रङ्ग माथीको आधिकार, सम्पति माथिको अधिकार लगायत राज्यका निति निमार्णतहमा समेत सहभागीता बृद्धिका लागि चौर्तर्फी आवाजहरु उठन थाल्यो । 

शसस्त्र द्वन्द्व, प्राकृतिक प्रकोप, महामारी लगायत अन्य विभिन्न कारणले मृत्यू भएर विधवा (एकल) हुने महिलाहरुको संख्या दिनानुदिन बढदो छ । नेपाल सरकारको राष्ट्रिय जनगणना २०७८ अनुरुप नेपालमा हाराहारी ८,२६,१४७ (विधवा) एकल महिलाहरु अर्थात समग्र महिलाहरुको तथ्याङ्ग वाट ६.६ प्रतिशत रहेको छ । तथ्याङ्ग अनुरुप विभिन्न अवस्था स्थितिका (विधवा) एकल महिलाहरु फरक फरक अवस्थामा रहेको देखीन्छ । भुगोल, परिवेश, शैक्षिक योग्यता, आय आर्जन तथा रोजगारि, आश्रित छोराछोरी लगायत फरक फरक उमेर समुह र अवस्थामा रहेको पाइन्छ ।

समग्र एकल (विधवा) महिलाहरुको हक अधिकार, सामाजिक न्याय र सहभागीताका लागि नेपालमा दुइ दशक देखीनै यस वर्गका महिलाहरुको क्षेत्रमा कार्य भइरहेको छ ।  स्थानिय तहमा विधवा (एकल) महिलाहरुको समुह विस्तार गर्दै समुहमा सवै समुदाय तथा उमेर समुहका एकल महिलाहरुको सहभागीता गराउदै निजहरुको शसक्तिकरणका लागि संस्थागत कार्यहरु विगत देखी निरन्तर भईरहेको छ । 

विश्वका अन्य मुलुकहरुको विधवा (एकल) महिलाहरुको सवालमा सयुक्त राष्ट्रसंघका सभा देखी अन्य सभा सम्मेलनमा समेत विधवा (एकल) महिलाहरुको आवश्यक हक अधिकार तथा शसक्तिकरणका लागि सदस्य राष्ट्रहरुलाई आवश्यक निर्देशन दिने कार्य समेत हुदै आएको छ । यसै सन्र्दभमा सन् २०१० मा सयुक्त राष्ट्रसंघ द्वारा व्गलभ द्दघ का दिनलाई अन्तराष्ट्रिय एकल महिला दिवसको रुपमा पारित गरि सन् २०११ वाट विधवा (एकल) महिलाका क्षेत्रमा कार्य गर्ने विभिन्न मुलुकका संघ संस्थाहरुले अन्तराष्ट्रिय विधवा (एकल) महिला दिवस मनाउदै आईरहेका छन् । 

अन्तराष्ट्रिय एकल महिला दिवस व्गलभ द्दघ का दिनलाई विधवा(एकल) महिलाहरुको सवालमा वकालत गर्ने दिनको रुपमा लिने गरिएको छ । आजका दिन सरकोरवाला निकायहरुको रोहवरमा राज्यले एकल महिलाहरुको समग्र विकास, आर्थिक सशक्तिकरण, सम्मानित जिवन र निति निमार्ण तहमा सहभागीता बृद्धिका लागि ध्यान केन्द्रित गरि नेपालमा पनि यो दिवस मनाउने गरिएको छ । 

अन्तत, विधवा महिलाहरू(एकल)माथी हुने विभेद र हिंसाको अन्त्य गरि समग्र एकल महिलाहरुको सवलिकरण तथा शसक्तिकरणका लागि तिनै तहका सरकारहरुलाई अपिल गर्दै १५औं अन्तराष्ट्रिय एकल महिला दिवस जुन २३ को अवसरमा शुभकामना । 


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ