आइतबार, २६ असोज २०८२

नेपालका विपिन जाेशीसहित २२ जना जीवितकाे सूचीमा


काठमाडौं। हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्दकहरू जीवितै रहेको उल्लेख गरिएकाे छ।

वासिङ्गटन पोस्टमा प्रकाशित समाचार  समाचार अनुसार विपिनसहित २२ बन्दीहरू जीवितै रहेको विश्वास इजरायलको रहेको उल्लेख गरेको छ । समाचारमा २२ जना बन्दीहरूको संक्षिप्त परिचय पनि उल्लेख गरिएको छ ।

इजरायलको तेल अभिभबाट एपीका रिपोर्टर रहेका मेलानी लिडम्यानले अर्का पत्रकार स्याम मेट्जको सहयोगमा तयार पारेको समाचारमा २४ वर्षीय नेपाली विपिन पनि जीवितै रहेको इजरायली विश्वासका केही आधारहरूलाई प्रस्तुत गरिएको छ ।

यसअघि हमासले सार्वजनिक गरेको बन्दीहरूको बिदाइ सूचिु मा पनि विपिनको तस्वीर समावेश गरिएको थियो ।

गाजामा पछिल्लो युद्धविराम शुक्रबारदेखि सुरु भएको छ । यो युद्धविरामले करिब दुई वर्ष लामो विनाशकारी युद्धको अन्त्यतर्फ महत्त्वपूर्ण कदम चाल्यो। यो युद्ध हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको थियो, जसमा करिब १,२०० जनाको मारिएका थिए भने २५१ जनाको अपहरण भएको थियो।

शुक्रबार युद्धविराम सुरु भएपछि बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिने अपेक्षा गरिएको छ। यसको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ