बिहिबार, २५ मंसिर २०८२

डडेल्धुराबाट काठमाडौँ जाँदै गरेकाे बस पुलबाट खाेलामा खस्दा २२ जना घाइते


दाङ । डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन् ।

 लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आज बिहान पुलबाट खोलामा बस खसेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पु-याइएको छ । बसमा ३८ जना यात्री थिए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ