- असार ०७, २०८०
सांकेतिक तस्बिर
काठमाडाैँ। काठमाडाैँकाे बूढानीलकण्ठमा दुई व्यक्ति मृत भेटिएका छन्।
बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा भारतीय नागरिकसहित दुई जना मृत अवस्थामा भेटिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।
प्रहरीका अुनसार मृत भेटिनेमा भारतको चन्डिगढका घर भएका ५४ वर्षीय परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ की २८ वर्षीया अन्जना तामाङ रहेका छन्।
साढे दुई तले घरमा शुक्रबार राति उनीहरूकाे शव भेटिएकाे हाे। दुई व्यक्तिसँगै एउटा कुकुर पनि मृत भेटिएको बताइएकाे छ।
घटना शंकास्पद रहेको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।
टिप्पणीहरू: