बिहिबार, १५ साउन २०८२

नारायणी नदीको पुलबाट हामफालेका १५ वर्षे किशाेर र महिला बेपत्ता


नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् । एक जना मंगलबार बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता हुनुभएको हो । “साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ”, उनले भने, “बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।” 

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ