- असार ०६, २०८०
काठमाडौँ । नेपाली सेनाले रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएकोे बाढीबाट पीडितको उद्धार धमाधम जारी राखेको छ । हालसम्म हालसम्म १२ जनाको हेलिकप्टरमार्फत उद्धार भैसकेको छ ।
यसमा स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको रहेका छन् । नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर उद्धारमा खटिएका छन् ।
यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नं १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि सेनाले जनाएको छ । सेनाका अनुसार घाइतेहरुलाई त्रिशूली र अन्यलाई धुन्चे पु-याइएको छ ।
टिप्पणीहरू: