- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरीसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् ।
कांग्रेसको विधान अनुसार विशेष महाधिवशेन बोलाउन सकिने व्यवस्था छ । विशेष महाधिवेशन आव्हान गर्न केन्द्रीय समितिले निर्णय लिनुपर्ने वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ ।
विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिबाट हुने सम्भावना नभएकाले हस्ताक्षर अभियान सुरु गर्नुपरेको नेताहरुकाे भनाई छ ।
भदाै २३ मा जेनजीले गरेकाे आन्दाेलनकाे क्रममा पार्टी सभापति शेरबहादुर देउवा दम्पत्तिमाथी आक्रमण भएकाे थियाे । अहिले देउवालाई नेतृत्वबाट विदा गर्नु पर्ने आवाज चाैतर्फी उठेकाे छ ।
टिप्पणीहरू: