- भदौ ०२, २०८१
काठमाडाैं । गायक यश कुमारले नयाँ गीत 'हल्का हल्का’को भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच म्युजिकल सिनेमाको रुपमा तयार पारिएको यो गीतको भिडियो सार्वजनिक गरिएकाे छ ।
कार्यक्रममा अतिथिका रुपमा निम्त्याइएका निर्देशक तुलसी घिमिरेले आफु गायक यश कुमारको काम गर्ने तरिकाबाट प्रभावित भएको बताए । यस गीतमा स्वर दिने गायिका स्मिता दार्जिलिङको कालिङपोङ्गकाे भएकाे जानकारी दिँदै निर्देशक घिमिरेले काठमाडौं आएर गायनमा जमेको देख्दा खुशी लागेकाे बताउदै भने ' उहाँको भविष्य उज्वल देखेको छु ।'
गायक यश कुमारको शब्द रचना तथा संगीत रहेको गीतको एरेञ्ज र मिक्सिङ्ग देवेस राईले गरेका हुन् । यो गीतको भिडियामा पनि यश र स्मिताले नै मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरुसँगै राजेज घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय रहेको छ । यसको निर्देशन यश कुमारले नै गरेका हुन् ।
हरि हुँमागाईले खिचेको गीतको भिडियोमा विकास धमालाको सम्पादन तथा कलर, मेकअप तुलसा लिम्बुको रहेको छ । गीतको भिडियो यश कुमारले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।
टिप्पणीहरू: