- असार ०७, २०८०
सांकेतिक तस्बिर
काठमाडौं। अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
तुर्माखाँद गाउँपालिका-६ सल्लेरी वनमा बिहीबार बिहान एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
१७ गतेदेखि सम्पर्कविहीन भएका १७ र १५ वर्ष किशोरी आज मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ।
प्रहरीका अनुसार उनीहरू मृत भेटिएकाे स्थल घरबाट ४ सय मिटरभन्दा टाढा रहेकाे छ। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरेकाे छ।
टिप्पणीहरू: