शनिबार, २१ भदौ २०८२

च्यासलमा एमाले सचिवालय बैठक जारी


काठमाडौँ। नेकपा (एमाले)को सचिवालय बैठक सुरू भएकाे छ।

पार्टीकाे केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेरबाट सुरु भएको हो। दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा सचिवालय बैठक बसेकाे हाे।

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ।

यही भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ