- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
‘भिजिट भिसा’ प्रकरणमा उच्च स्तरीय संसदीय समिति र गृहमन्त्रीकाे राजीनामा माग गर्दै आजकाे प्रतिनिधिसभा बैठक बहिष्कार गरेका हुन्।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए।
सभामुख घिमिरेले रास्वपा सांसद साेविता गाैतम र राप्रपाका सांसद ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिएका थिए।
उनीहरूले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रदेखि तल्लो तहका कर्मचारी जोडिएकाले यसबारेमा छानबिन गर्न संसदीय समितिको माग गरे।
रास्वपा र राप्रपाले आजको बैठकबाट बाहिरिएका छन्।
टिप्पणीहरू: