- असार ०७, २०८०
काठमाडौँ। गोङ्गबुस्थित विनाेद श्रेष्ठकाे घरमा रकम र सुन भएकाे जानकारी पीडितले नै प्रहरीलाई दिएका थिए।
जानकारी पाएलगत्तै नेपाल प्रहरीले छापा मारेर चार करोड २५ लाख ५० हजार नगद, नौ किलो आठ सय ३७ दशमलब ९६ ग्राम सुन र तीन किलो २१८ दशमलव ४९२ ग्राम चाँदी बरामद गरेको थियाे।
गोर्खा जिल्ला गोर्खा नगरपालिका–६ गोर्खा बसपार्क घर भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाकोसी गोङ्गबु क्षेत्र बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको सम्पत्ति बरमद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
श्रेष्ठको घरमा स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको सुन र चाँदीको गरगहना छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा नगद र सुनचाँदी बरामद गरिएको हो।
श्रेष्ठले विभिन्न व्यक्तिलाई मिटर ब्याजमा पैसा लगाउने र सुन धिताे राख्ने गरेका थिए। साेही क्रममा केही पीडितहरुले प्रहरीलाई सुराकी दिएका थिए।
टिप्पणीहरू: