बिहिबार, १९ असार २०८२

त्रिविमा लगाएकाे ताला तत्काल खोल्न सर्वाेच्चकाे आदेश


काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता महेश भट्टराईको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले त्रिविमा लगाएको ताला खोल्न आदेश दिएको हो ।

एक महिना बढीदेखि त्रिविमा तालाबन्दी छ । आंशिक प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ (नेविसंघ) को एउटा समूह र अनेरास्ववियू (क्रन्तिकारी) ले मूल ढोकामा तालाबन्दी गरेका छन् । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ