आइतबार, २२ असार २०८२

भाेजपुरमा ज्वाईले गरे ससुरालीमा चार जनाकाे हत्या


विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार एकै घरभित्र चार जनाको हत्या भएको छ ।

 ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको जानकारी तिमिल्सिनाले दिए ।

प्रहरीका अनुसार ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरेको हुनसक्ने आधार भेटिएकाे छ ।

घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई भने उपचारका लागि लगिएको जनाइएको छ । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भई रहेको छ ।

गए राती करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकोले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रनाउ तिमिल्सिनाले बताए ।

घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ