- भदौ ०२, २०८१
काठमाडाैं । पाँच हजार बढी गीतमा स्वर दिएकी चर्चित लोक दोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।
क्यान्सर रोगको कारण गएराति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी ५९ वर्षकी थिइन्।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन्। उनका ‘चागुनारायण थान’, ‘घुम्तीनीर लेट भयो’, ‘आज मलाई उनीको पछ्यौरी’ लगायतका गीत चर्चित छन्।
टिप्पणीहरू: