- असार ०६, २०८०
काठमाडाैँ। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
गैरेले आइतबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
राजनीतिक दलहरुप्रति नागरिकमा वितृष्णा भएको देखेर जनभावनाअनुसार स्वतन्त्र शब्दलाई न्याय दिन उम्मेदवार बन्ने निर्णय गरेको उनले बताए।
रुपन्देही-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको गत चैत १९ गते निधन भएकापछि उपनिर्वाचन हुन लागेकाे हाे। विसं २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी भएका थिए।
बोहराको निधन भएसँगै साे क्षेत्र खाली थियो। उक्त रिक्त स्थानमा निर्वाचन आयोगले आगामी कात्तिक १७ गते उपनिर्वाचनका लागि मिति तोकेको छ।
रुपन्देही-३ मा सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाको सबै वडासहित बुटवल उपमहानगरपालिका–१४, १५, १६, १७, १८ र १९, ओमसतिया गाउँपालिकाको वडा नं २, मायादेवी गाउँपालिकाको वडा नं ७ र ८, तिलोत्तमा नगपालिका–१३ र १४ तथा सियारी गाउँपालिका–१, २, ३, ६ र ७ रहेको छ।
टिप्पणीहरू: