शुक्रबार, २० असार २०८२

कर्णाली राजमार्गमा सडक भत्कियाे, ठूला सवारीसाधन सञ्चालनमा रोक


फाइल तस्बिर

काँक्रेविहार (सुर्खेत)। कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, ‘अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ