मङ्गलबार, २४ असार २०८२

राम नेपालमै जन्मेका थिए, विश्वामित्र चतराका हुन् : प्रधानमन्त्री


काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी गरेका छन्। नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले साेमबार काठमाडाैंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उने साे दाबी गरेका हुन् ।  

यसअघि पनि  प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए। प्रधानमन्त्री ‌ओलीकै पहलमा ठाेरीमा राममन्दिर समेत स्थापना भएकाे छ ।

उनले राम जन्मिएकाे ठाउँ अहिले नेपालमा भएकाे भन्दै  अहिले त्यो भूभाग नेपालमै पर्ने बताए ।  'राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नै कुरा हो। जसले रामलाई भगवान मान्छ, रामको जन्मभूमि पवित्र छ। यति प्रचार गर्न सक्दैनौँ हामी यति भन्न सक्दैनौँ यति आँट गर्दैनौँ। अफ्ठ्यारो लाग्छ। को रिसाउँछ जस्तो लाग्छ, साँचो बोल्दाखेरी रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरी खान्छौँ। शिव यहीँका हुन्, विश्वामित्र यहीँका हुन्।' उनले भने ।

वाल्मीकिकृत रामायणमा कोशी नदी तरेर पश्चिम गएर राम लक्ष्मणलाई शिक्षा दिएकाे उल्लेख भएकाे भन्दै प्रधानमन्त्रीले भने 'विश्वामित्र चतराका हुन् भन्ने स्पष्ट छ।’

प्रधानमन्त्री ओलीले पर्यटन बोर्डले नेपालको प्रचार गर्न विदेश जानुपर्ने काम नरहेको बताए। अनलाइनका माध्यमबाट नेपालबाटै प्रचारप्रसार गर्न सकिने उनको भनाइ छ।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ