शुक्रबार, २७ भदौ २०८२

प्रधानमन्त्रीकाे शपथ नाै बजे, आजै संसद विघटन हुने


काठमाडाैं । प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ । राष्ट्रपति कार्यालय स्राेतका अनसार  ९ बजे शितल निवासमा उनको शपथ हुने छ ।

शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट बैठक बस्ने तयारी गरिएकाे छ । बैठकले संकटकालकाे सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पाैडेलले अनुमाेदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयाेग गर्न पाउने संवैधानिक विशेषअधिकारअनुसार संसद विघटन हुने स्राेतले जनाएकाे छ ।

आम सहमतिका आधारमा नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की दुई वटा सम्माननीय पदमा पुग्ने पहिलो व्यक्ति बनेकी छन् । आजै कम्तिमा दुई सदस्यीय मन्त्री नियुक्त हुने भएका छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ