- असार ०७, २०८०
काठमाडाैं । काठमाडाैंकाे गोंगबु टाउन प्लानिङस्थित एक घरमा प्रहरीले छापा मारेको छ ।
छापा मारेर अवैध रकम लुकाएर राखेको रकम समेत बरामद गरेको छ ।
मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो ।
सो क्रममा प्रहरीले गोरखा घर भएका विनोद श्रेष्ठलाई पक्राउ गरिएको र चार कराेड रकम वरामद भएकाे प्रहरीले जनाएकाे छ।
टिप्पणीहरू: