- असार ०७, २०८०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आफ्नो आवाजको दुरुपयोग गरी डिपफेक भिडियो बनाउनेलाई कार्बाही माग गर्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।
वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डिपफेक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
उनले काठमाडौँको भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा बुधबार दिउसाे उजुरी दिएका थिए ।
टिप्पणीहरू: