- असार ०६, २०८०
काठमाडौं । कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल भएको विषय संसद्मा उठेको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सो विषय सांसदहरुले उठाएका हुन् ।
नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको घुस डिल प्रकरणका सन्दर्भमा सरकारको ध्यानाकर्षण गरे ।
सर्भर डाउनको बाहनामा अनलाइन सिस्टमलाई बन्द गराएर नवीकरण गर्दा र कम्पनी दर्ता गर्दासमेत प्रतिशत तोकेर रकम असुल गर्ने गरेको समाचार सञ्चार माध्यममा आएको भन्दै सांसद रिजालले कुरा उठाए ।
यो विषय गम्भीर रहेको भन्दै उनले आपत्ति जनाए । ‘कम्पनी दर्ता गर्दा घुस खुवाउनुपर्ने भएपछि जनताले किन र कसरी व्यवसाय गर्छन, कसरी लगानीको वातावरण बन्छ र युवा किन देशमा बस्छन ?’ रिजालले प्रश्न गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गरेको स्मरण गर्दै रिजालले भने, ‘तर, सिंहदरबारको एक किलोमिटर दुरीमा रहेको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा सर्भर डाउनको नाममा सरकारको सुशासन र सिस्टम डाउन भएको छ ।’
यो विषय छानबिन गर्न उनको माग छ । उनले भनेका छन्, ‘म तुरुन्त छानबिन र कारबाहीको लागि सम्माननीय अध्यक्षज्युमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’
त्रिपुरेश्वरमा रहेको कम्पनी रजिष्टारको कार्यालयमा पछिल्लो केही दिन यता सेवाग्राहीले व्यवसायीलाई हैरान पारेका छन् । कर तीन गएका उद्यमी व्यवसायीसँग समेत कर्मचारीले हाकाहाकी घुस माग्ने र घुस पाएपछि मात्रै काम गरिदिने गरेका छन् ‘यहाँका कर्मचारी यति बद्मास छन् घुस नदिएसम्म सिष्टम डाउन भएको छ भन्दै काम गरिदिँदैनन् ।’ कार्यालय परिसरमा भेटिएका एक सेवाग्राहीले भने ।
एक महिना अघि नै आफु कर तिर्न आएपनि कर्मचारीले काम नगरिदिएका कारण अहिले जारिवान तिर्ने अवस्था आएको भन्दै अर्का सेवाग्राहीले भने ‘घुस नदिएकै कारण कर्मचारीले काम गरिदिएनन् । मैले घुस नदिएको बद्लामा अब मलाई जरिवाना गराउदैछन् ।’ अर्का सेवाग्राहीले भने ।
टिप्पणीहरू: