- असार ०७, २०८०
फाइल तस्बिर
त्रिवेणी (रुकुमपश्चिम)। पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड अवरुद्ध भएको छ।
चौरजहारी नगरपालिका–८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक आज बिहानदेखि अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार पहिरोले खोलाको पुल पुरेको छ। पहिरो सफा गर्न उपकरणसहितको टोली परिचालन गरिएको छ।
टिप्पणीहरू: