- भदौ ०२, २०८१
मुम्बई । बलिउड अभिनेत्री मृणाल ठाकुर एउटा एक चर्चित नाम बनेकी छिन् । अजय देवगनसँग स्क्रिन शेयर गरेको फिल्म ‘सन अफ सरदार २’ रिलिज भएको केही समय भयो । त्यसकारण पनि उनको चर्चा व्यापक छ ।
दक्षिण भारतीय अभिनेता धनुषसँग नाम जोडिएपछि चर्चाको पारो थप बढ्यो । यी सब हुँदा हुँदै पनि १९ वर्ष अघि बोलेको एउटा प्रसंगले उनलाई तनाब दियो । घटना यस्तोसम्म भयो उनले माफीनै माग्नुपर्ने स्थिती आयो । तर यी सबैको बीचमा, उनलाई ट्रोल गरिएको कुरा बिपाशा बसुमाथि गरिएको उनको टिप्पणीको पुरानो भिडियो हो ।
वास्तवमा, कुमकुम भाग्यको सेटमा दिइएको एक अन्तर्वार्तामा, उनले आफ्नो सह–कलाकारलाई भन्छिन्, ‘तिमी मसल्सवाली केटीसँग विवाह गर्न चाहन्छौ । त्यसो हो भने बिपाशासँग विवाह गर । जाउ जाउ । सुन, म बिपाशा भन्दा धेरै राम्री छु ।’
यही भिडियोले मृणाल ठाकुरलाई ट्रोल भइन् । यो भिडियोको सन्दर्भमा उनले प्रतिक्रिया पनि दिएकी छिन् । उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्, ‘१९ वर्षको उमेरमा, मैले धेरै बेतुकका कुरा गरेकी थिएँ ।’
मेरो आवाजको वजन वा मजाकमा पनि कति पीडादायी शब्दहरू हुन सक्छन् भनेर बुझ्न सक्ने भैसकेको थिइनँ । यसमा म दुःखी छु ।’
उनले अगाडि लेखेकी छिन् ‘मेरो उद्देश्य कहिल्यै कसैलाई पनि लज्जित बनाउनु थिएन । यो एक अन्तर्वार्ताका क्रममा गरिएको मजाक थियो । जुन हदसम्मको भयो । मृणाल ठाकुरले धेरै टिभी कार्यक्रमहरूमा काम गरेकी छिन् । कुमकुम भाग्यमा उनको भूमिका धेरले मन पराएका थिए ।
टिप्पणीहरू: