- असार ०६, २०८०
काठमाडौं। काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट यही असार २९ गते आइतबार प्रस्तुत हुने भएकाे छ।
शुक्रबार बसेकाे ४० औँ नगर कार्यपालिका बैठकमा काठमाडौं महानगरका मेयर बालेन शाहले २९ गते दिउँसाे दुई बजे नगरसभा बस्ने जानकारी दिएका हुन्।
साथै उनले सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी गराए।
आजै बसेकाे महानगरको राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेकाे थियाे।
टिप्पणीहरू: