शनिबार, २८ असार २०८२

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज, बालेन-गुरागाई एउटै मञ्चमा


काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । शुक्रवार दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बस्न लागेको हो ।

महानगरको लामो समयदेखि कार्यपालिको बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।

महानगरका अनुसार शुक्रवार बिहान ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ भने त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्नेछ भने सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने छ ।

प्रमुख प्रशासकिय अधिकृत सराेज गुरागाई र नगरप्रमुख बालेनकाे सम्बन्ध खराब भएपछि कार्यपालिका बैठक बस्न सकेकाे थिएन । आजकाे बैठकमा दुबै जना सहभागी हुने महानगरस्राेतकाे भनाई छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ