सोमबार, २३ असार २०८२

एसपीलाई गाली गरेर फरार जसपा नेताले भने- मैले अपराध गरेको छैन, मृत्युदण्ड दिएपनि स्वीकार्छु (भिडियाे)


काठमाडाैँ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेर फरार भएका जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक यादवले आफू नभागेको बताएका छन्।

आइतबार फेसबुक भिडियाेमार्फत उनले सञ्चारमाध्यममा आफू फरार भएको भनेर आएका समाचारको भन्दै आफू नभागेको र आफ्नो छोराको उपचार गराइरहेकाे बताएका हुन्। 

उनले आफरूले कुनै अपराध नगरकाे भन्दै जनताको लागि आवाज उठाउँदा राज्यले अपराधी ठहर गर्न खोजेको बताएका छन्। 

उनले भिडिओमा भनेका छन्,  ‘मैले कुनै अपराध गरेको होइन । निमुखा जनता एवं शोषित पीडित, विपन्न वर्गको पक्षमा आवाज उठाएको छु, जिल्लामा भइरहेका बेतिथि भ्रष्टाचार लुटतन्त्रको विरुद्धमा आवाज उठाइँदैमा राज्यले अपराधी ठानेर मुद्दा चलाउने हो भने सय ओटा मुद्दा झेल्न र खेप्न तयार छु । तर, म सधैँ निमुखा जनताको आवाज उठाइ रहने छु ।’

‘मैले कुनै अपराध गरेको छैन, म मधेशी निमुखा, शोषित, पीडित र विपन्न वर्गका लागि आवाज उठाउँदै आइरहेको छु। जिल्ला र सम्पूर्ण मधेसमा भइरहेका बेथिति, भ्रष्टाचार र लुटतन्त्रकाे विराेधमा आवाज उठाउँदा राज्यले मलाई अपराधी ठान्छ भने म सय वटा मुद्दा खेप्न तयार छु। तर म सधैँ मधेशी निमुखा जनताको लागि लड्छु।

उनले जनताको पक्षमा आवाज उठाउँदा राज्यले मृत्युदण्ड दिएपनि स्विकार्न तयार रहेकाे बताए। 

मधेश प्रदेशका अध्यक्ष रहेका यादवविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएपछि उनले भिडियामार्फत आफ्नाे कुरा राखेका हुन्। 

अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई ‘लुटेरा’ भन्दै धम्क्याएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ