शनिबार, २१ भदौ २०८२

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाकै २ लाख १० हजार नाघ्याे


काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

आज शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अघिल्लो दिनकाे कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला २ हजार ५ सयले बढेको हो। हिजो बिहीबार एक तोला सुन २ लाख ७ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँ कायम भएकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ