सोमबार, २३ भदौ २०८२

मा‌ओवादीले भन्याे : प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ


काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा दिनु पर्ने बताएकाे छ। सरकारले नरस‌ंहार गरेको भन्दै राजीनामा दिनु पर्ने माग गरेकाे हाे ।

‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो।

जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ भन दुइ सय बढी घाइते भएका छन् । माओवादी नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किँदैछन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ