मङ्गलबार, २४ भदौ २०८२

जेनजी प्रदर्शन: संसद् भवनको २ नम्बर गेटमा प्रदर्शनकारीले लगाए आगो


काठमाडौँ। जेनजी प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनको २ नम्बर गेटमा आगो लगाएका छन्।

आन्दोलन भड्किएसँगै उनीहरूले संसद भवनको २ नम्बर गेटमा आगो लगाएका हुन्। प्रदर्शनकारीले लगाएकाे आगो प्रहरीले तत्काल निभाएको छ।

उनीहरूले संसद् भवनको गेटको पर्खालसमेत भत्काएका छन्। आन्दोलन उग्र बनेपछि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको हाे।

तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ