- भदौ ०२, २०८१
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाएको छ ।
बंगलादेशमा तत्कालीन सरकार विरुद्धको विरोध प्रदर्शनपछि गत वर्ष जुलाईमा शेख हसिनाले सत्ता छोड्नु परेको थियो । त्यसपछि, शेख हसिनालाई कुनै पनि मुद्दामा सजाय सुनाइएको यो पहिलो पटक हो ।
मुद्दाका अर्का अभियुक्त शकिल अकन्द बुलबुललाई दुई महिनाको जेल सजाय सुनाइएको छ ।
मुख्य अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमा भने, ‘यो सजाय उनले (शेख हसिना) आत्मसमर्पण गरेको दिन वा प्रहरीले पक्राउ गरेको दिनदेखि लागू हुनेछ ।’
यसअघि प्रमुख अभियोजक ताजुल इस्लामले शेख हसिना विरुद्ध अदालतको अवहेलनाको उजुरी दर्ता गरेका थिए ।
सामाजिक सञ्जालमा एउटा अडियो भाइरल भएको थियो जसमा उनलाई ‘२२७ जनाको हत्या गर्ने लाइसेन्स प्राप्त भएको’ भनिएको थियो ।
मुख्य अभियोजकले दाबी गरे कि कुराकानी एआई वार्तालाप थिएन ।
इस्लामले भने, ‘सीआईडी फोरेन्सिक रिपोर्टको विश्लेषण र सबैको तर्क सुनेपछि, अदालत यो विवादास्पद कुराकानी एआई मार्फत गरिएको थिएन भन्ने निष्कर्षमा पुगेको छ ।’
उनले अगाडी भने ‘शेख हसिनाले साक्षी वा अनुसन्धान अधिकारीहरू रहेका र मुद्दा प्रक्रियामा संलग्न रहेका मानिसहरूको हत्या र घर जलाइदिएकी छिन् । यस न्यायाधिकरणको विचाराधीन कार्यवाहीमा प्रभाव पार्नु अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐन अन्तर्गत अपराध हो ।’
टिप्पणीहरू: