बुधबार, १८ असार २०८२

शेफाली जरीवालालाई ब्रत नै काल बन्यो


मुम्बई । टेलिभिजनकी चर्चित पात्र शेफाली जरीवालाको अचानक निधनले धेरैलाई दुःखी बनायो । उनलाई प्रसंसकहरु अझै विश्वास गर्न सकिरहेका छैनन् । उनको निधनको खबर । उनको निधनबाट उनको परिवारको सदस्य मात्रै होइन प्रसंसक पनि दुःखी छन् ।

उनको निधनका विषयमा प्रतिक्रिया पनि थरि थरि आएको छ । चिकित्सकहरुले उनको लो बीपीका कारण मृत्यु भएको अनुमान गरिएको छ । उनका आफन्तका अनुसार सेफाली एकदिन पुरै ब्रत बसेकी थिइन् ।

अंबोली प्रहरीले दिएको प्रारम्भिक रिपोर्ट अनुसार शेफालीको मृत्युको एउटा कारण लो बीपी नै हो । शेफालीकी पति, बा, आमालगायत १० जना भन्दा बढीसँग लिएको बयान अनुसार गत शुक्रबार सेफालीको घरमा सत्यनारायणको पूजा राखिएको थियो । सोही पूजाका लागि उनी व्रत बसेकी थिइन् । उनले दिउसो ३ बजेसम्म केही खाएकी थिइनन् ।

रिपोर्टका अनुसार एक दिन अघि तयार पारेर फ्रिजमा राखेको खाना खाएको केही घन्टापछि शेफाली बेहोस भएकी थिइन् । प्रहरी अधिकारीका अनुसार उनले दिउसोको ३ बजे फ्रिजमा राखेको खाना खाएकी थिइन् भने रातको साँढे १० बजे घरैमा बेहोस् भएकी थिइन् । उनको श्रीमानले तत्कालै अस्पताल लगे पनि चिकित्सकले अस्पताल पुगे लगत्तै मृत घोषणा गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ