- भदौ ०२, २०८१
काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान कायम गरेकाे छ ।
उक्त गीतले रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड बनाएको छ । बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको उक्त गीतलाई २० घण्टामा १६ लाख ३७ हजारभन्दा धेरै पटक हेरिएको छ । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । उक्त गीतमा दुर्गेशकाे अतिरिक्त सिसन बानिया र गुराँस नानीले अभिनय गरेका छन् । दुर्गेशलाई गुराँस नानीकाे साथ फापेकाे टिप्पणी कतिपयले गरेका छन् ।
दुर्गेशको गीतले रिलिजको २० घण्टामै विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो । दुर्गेस पछिल्लाे समय नेपाली दर्शककाे बीचमा चर्चित छन् । उनकाे अघिल्लाे गीत दुश्मन हेरेकाे हेर्यै पनि सर्वाधिक चर्चित भएकाे थियाे ।
टिप्पणीहरू: