- असार ०६, २०८०
काठमाडौं। नेपाली कांग्रेसले डा शेखर काेइराला पक्षधर डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेपछि शेखर पक्ष असन्तुष्ट भएका छन् । बहुमतको आधार नेताहरूमाथि कारबाही गरेपछि डा शेखर कोइराला समूहले असन्तुष्टि जनाएको हो ।
आनन्दप्रसाद ढुंगानाको संयोजक रहेको अनुशासन समितिले डेढ दर्जन नेतालाई अनुसाशनकाे कार्वाही गरेकाे थियाे ।
अधिकांश आफूनिकट नेताहरूलाई पार्टीले कारबाही गरेपछि नेता कोइरालाले बैठक डाकेका छन्। आफू निकट नेताहरूको बैठक आजका लागि बाेलाइएकाे छ ।
२०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोपमा तीन बर्षपछि संस्थापन पक्षले कारबाहीको डन्डा गरेकाे हाे ।
काे काे परे कार्वाहीमा
समिति संयोजक ढुङ्गानाका अनुसार तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकमार राई, पर्सा क्षेत्र नं १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तासमेत विरुद्ध परेको उजुरीमा समितिले स्पष्टीकरण सोधिएको थियो ।
उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले उपलब्ध प्रमाणका आधारमा कांग्रेसको विधानअनुसार उनीहरूलाई एक वर्ष र धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई छ महिनाको लागि कांग्रेसको सदस्यताबाट निस्काशन गर्ने निर्णय गरिएको हो ।
केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले उपलब्ध प्रमाणको आधारमा कांग्रेसको विधानअनुसार उनीहरूलाई छ महिना र कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई तीन महिनाको लागि निलम्वन गर्ने निर्णय गरिएको संयोजक ढुङ्गानाले जानकारी दिए।
टिप्पणीहरू: