बिहिबार, २६ असार २०८२

तीन दिनदेखि सम्पर्कविहीन रोल्पाको थबाङ गाउँपालिकाका कर्मचारी गुल्मीमा भेटिए


रुपन्देही। तीन दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सातै जना कर्मचारी सम्पर्कमा आएका छन्।

उनीहरूले आज बिहानै गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरेर आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी दिएका हुन्।

थबाङ गाउँपालिकाका सात जना कर्मचारी केही दिनअघि रुकुम पूर्वतिर कामको सिलसिलामा निस्किएपछि टेलिकमको नेटवर्क नहुँदा परिवार तथा कार्यालयसँग सम्पर्कविहीन भएका थिए ।

सम्पर्कविहीन भएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापासटे शिवकुमार वली र सवारी चालक प्रदीप केसी रहेका थिए।

थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले बुधबार नै एक विज्ञप्ति जारी गर्दै कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ