- असार ०७, २०८०
फाइल फाेटाे
काठमाडौं । डा. गोविन्द केसीले तीनदिने अनशन तोडेका छन् । धनगढीको गेटा मेडिकल कलेजमा उपचाररत बिरामी प्रीतम चौधरीको हातबाट जुस पिएर मंगलबार दिउँसो २ बजे केसीले अनशन तोडेको उनका सहयोगी अमृत जैशीले जानकारी दिए ।
केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने, निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् ।
टिप्पणीहरू: