शनिबार, २१ भदौ २०८२

आफैँले चलाएकाे कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु


तस्विर : एआई

चितवन । कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक डा विप्लव भट्ट रहेका छन् ।

आज बिहान १ः३० बजे भरतपुर महनानगरपालिका–१० रमाइलो चोकबाट  विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका–२ बस्ने कार चालक भट्ट घाइते भएका थिए  । घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ